काभ्रेमा १२ जना अशक्तसहित ६ हजारभन्दा बढीले दिए एसइई

काभ्रे : देशभर शुक्रबारदेखि सुरु भएको एसइई परीक्षामा काभ्रेमा १२ जना अशक्तसहित ६ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका छन्। शिक्षा विकास तथा समन्वय इकाई काभ्रेमा प्रमुख गोकर्णध्वज कार्कीले एसइईको पहिलो दिन जिल्लाभर ६ हजार ७ सय ९६ जना विद्यार्थी सहभागी भएको जानकारी दिए। इकाई प्रमुख कार्कीका अनुसार काभ्रेमा ६ हजार ९ सय ६६ जना विद्यार्थी रहेकोमा १ सय ८१ जना अनुपस्थित भएका हुन्। उनले काभ्रेका सामुदायिक विद्यालय १ सय ५५ वटा र संस्थागत विद्यालय ६८ वटा गरी २ सय २३ वटा विद्यालयका लागि

सम्बन्धित सामग्री

चेपाङ बस्तीका ४१ किशोरीले पास गरे एसइई, उच्च शिक्षा अन्योलमा

घर छाडेर विद्यालय आसपासमै बसेर अध्ययन गरेका मकवानपुरको विकट राक्सिराङ गाउँपालिका वडा नं ६ का चेपाङ बस्तीका ४१ जना किशोरीसहित ५३ जनाले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्नु भएको छ । गाउँमै उच्च शिक्षा अध्यापन हुने विद्यालय नहुँदा उनीहरुको उच्च माध्यमिक शिक्षाको यात्रा भने अन्योलमा परेको छ । राक्सिराङ गाउँपालिका ६ सिलिङ्गेस्थित राष्ट्रिय माध्यमिक विद्यालयबाट भर्खरै प्रकाशित २०७७ सालको एसइई परीक्षामा २५ जना चेपाङसहित ४१ जना छात्रा र १२ जना छात्रले एसएइ परीक्षा पास गरेको प्रधानाध्यापक तारानाथ दुवाडीले बताउनुभयो । उहाँका अनुसार ६० जनाले एसइइको फर्म भरे पनि ५३ जना मात्रै सहभागी हुनु भएको थियो । “राक्सिराङ गाउँपालिकाकै इतिहासमा एकै विद्यालयबाट यति धेरै छात्राहरु एसइई पास गरेको पहिलो घटना हो”, प्रधानाध्यापक दुवाडीले भन्नुभयो–“पास भएकामध्ये २ जना छात्राको विवाह भएकाले उच्च माध्यमिक तहमा पढ्न सक्ने अवस्था छैन भने बाँकी सबै उच्च कक्षामा जान चाहन्छन् ।”