जिल्लामा निषेधाज्ञा सुरु भएपछि रोकिएको खाद्यान्न ढुवानी कार्य हवाई मार्गबाट सुरु भएको छ । निषेधाज्ञाका बेला खाद्यान्न आपूर्ति सहज बनाउनुपर्ने सरकारको निर्देशन अनुसार सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लामा खाद्यान्न ढुवानी कार्य सुरु भएको हो ।
जिल्लामा खाद्यान्न समस्या नहोस भन्नका लागि निषेधाज्ञाका बीच खाद्यान्न ढुवानी सुरु भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताउनुभयो । बैशाख जेठ महिनामा सधै जिल्लामा खाद्यान्न समस्या हुने गरेको विगतलाई दृष्टिगत गर्दै यसपालि निषेधाज्ञा सुरु भएपछि पनि खाद्यान्न ढुवानी सुरु गरिएको उहाँले बताउनुभयो ।