काठमाडौँ । दक्षिण सुडान युएन मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदली बदली सुरु भएको छ ।नियमित प्रक्रियाअनुसार आज मंगलबार श्रीजंग गण ११ औँ डफ्फाको २३३ जना नेपाली शान्ति सैनिक युएन चार्टड फ्लाइटमार्फत मिसन इलाकातर्फ प्रस्थान गरेका छन् । यसैगरी, दक्षिण सुडानबाट आफ्नो कार्यकाल समाप्त गरेर नेपाली शान्ति सैनिकको टोली साउन २०, भदौ ९ र भदौ ३० गते नेपाल आइपुग्ने योजना रहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले कोभिड–१९ को महामारीका कारण शान्ति स्थापना कार्यलाई निरन्तरता दिइएको जनाएको