भारतको पंजाब प्रदेशमा विधानसभा चुनाव हुनुभन्दा केही महिनाअघि चण्डीगढमा भएको नगर निगमको चुनावमा नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाद नेतृत्वको आम आदमी (आप) पार्टी विजयी भएको छ ।
विगत १५ वर्षदेखि निगममा जित्दै आएको प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) भने चुनावमा पराजित भएको छ ।
नगर निगमका ३५ सिटमध्ये आप १४, भाजपा १२, भारतीय कांग्रेस ८ र अकाली दल १ सिटमा विजयी भएका छन् । आप पार्टी पहिलोपटक नगर निगम चुनाव लड्दा पहिलो भएको छ ।
नयाँदिल्लीमा शासन गर्दै चर्चामा रहेका केजरीवालको पार्टील...