भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी १९ करोड रुपैयाँ पर्ने नयाँ कार चढ्न थालेका छन् ।
मोदीको सुरक्षा बढाउँदै मर्सडीज मेबेक एस ६५० गार्ड कार प्रयोगमा ल्याइएको छ । यसै नयाँ कार प्रयोग गरेर मोदीले हालै रुसका राष्ट्रपति भ्यादिमिर पुटिनलाई स्वागत गरिसकेका छन् ।
मोदीको नयाँ कारलाई संसारमा सबैभन्दा सुरक्षित गाडी मानिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ कारमाथि एके–४७ राइफलले प्रहार गर्दा वा १५ किलो टीएनपी विस्फोट गराउँदा समेत कुनै असर नगर्ने जनाइएको छ ।