सुदूरपश्चिम प्रदेश प्रहरीले धनगढीमा ५० शय्याको अस्पताल सोमबारदेखि सञ्चालनमा ल्याएको छ । अस्पतालमा सबैले सेवा पाउने बताए । काठमाडौंमा प्रहरी अस्पताल सञ्चालनमा आएका ३८ वर्षपछि धनगढीमा शाखा अस्पताल सञ्चालनमा आएको हो । प्रहरी अस्पताल महाराजगन्जअन्तर्गत शाखा अस्पतालका रूपमा सञ्चालन हुने यस अस्पतालबाट सर्वसाधारणले समेत सेवा लिन सक्ने अस्पतालका निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) आशा सिंहले बताइन् ।