कोरोना नियन्त्रणमा खटिएकाहरुलाई ‘फ्रन्टलाईनर हिरोज’ सम्मान

नानीराम नेपाल, सिन्धुपाल्चोक । कोरोना संक्रमण नियन्त्रण र रोकथाममा अग्रभागमा रहेर खटिएकाहरुलाई ‘फ्रन्टलाईनर हिरोज सम्मान’ प्रदान गरिएको छ । सिन्धुपाल्चोकको जुगल र बलेफी गाउँपालिकाद्वारा संयुक्त रुपमा संचालित रत्नराज्य आइसोलेसन केन्द्रमा खटिएका स्वास्थ्यकर्मी, स्वयंसेवक , एम्बुलेन्स चालक र आइसोलेसन व्यवस्थापन र संचालनमा सहयोग गर्ने दाताहरुलाई बिहिबार एक कार्यक्रम गर्दै सम्मान गरिएको हो । जुगल र बलेफी […]

सम्बन्धित सामग्री

कारोबारकर्मी सागर परियार सम्मानित

जुम्लास्थित कारोबारकर्मी सागर परियारलाई सम्मान गरिएको छ । दोस्रो लहरको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा उल्लेखनीय भूमिका खेलेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन समितिले उनलाई सम्मान गरेको हो । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले सम्मान तथा कदरपत्र वितरण कार्यक्रममा कारोबारकर्मी परियारलाई कदरपत्र हस्तान्तरण सहित दोसल्ला ओढाए सम्मान गरे । दोस्रो लहरको कोरोना रोकथामसँगै जिल्लाको सुशासन, […]

कर्णाली प्रदेश सरकारद्वारा कोरोना व्यवस्थापनका लागि साढे ५३ करोड विनियोजन

असार ५, सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि साढे ५३ करोड बढी रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा कोरोना रोकथाम तथा नियन्त्रणका लागि ५३ करोड ५८ लाख रुपैयाँ विनियोजन गरिएको शुक्रवार सुर्खेतको वीरेन्द्रनगरमा आर्थिक मामिला तथा योजना मन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।  पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले आर्थिक वर्ष २०७७/०७८ को बजेट स्वास्थ्य शिक्षा, उत्पादन र पूर्वाधारमा केन्द्रित रहेको बताए । उनले कोरोनाबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई एक लाख राहत उपलब्ध गराईने जनाए ।  ‘हामीले राकम कर्णालीमा ट्रमा सेन्टर स्थापनादेखि प्रदेश राजधानी सुर्खेतमा उच्च क्षमताको अक्सिजन प्लान्टसँगै अन्य जिल्लामा मिनी अक्सिजन प्लान्ट स्थापना गरिँदैछ,’ उनले भने, ‘कोराना महामारी नियन्त्रणमा खटिने सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई तलबको शतप्रतिशत जोखिम भत्ता, सबै नागरिकलाई कोरानाविरुद्धको खोप लगाउने लगायतका योजनाहरु बजेटमा समावेश छन् ।’  उनले प्रदेशका मुख्य नाका सल्यानको कपुरकोट र सुर्खेतको बबईमा सेन्सरसहितको हेल्थडेस्क राखिने जानकारी दिए । उनका अनुसार चालू आर्थिक वर्षको तुलनामा करिब ३ अर्ब बढीको बजेट प्रदेश सरकारले ल्याएको छ । उनले कोभिड–१९ लगायत महामारीबाट कर्णालीलाई सुरक्षित राख्न अत्यावश्यक औषधी, स्वास्थ्य सामग्री एवम् उपकरणको उपलब्धता, अत्यावश्यक खाद्यान्नको भण्डारण, खाद्य सुरक्षा, रोजगारी सिर्जनालाई बजेटको प्राथमिकतामा दिएको बताए । उनका अनुसार बजेटमा प्रदेशलाई पूर्ण साक्षर प्रदेश घोषणा, प्रत्येक सामुदायिक विद्यालयमा नर्सिङ सेवा, एक स्थानीय तह एक नमूना विद्यालय, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना, बैंक, खाता छोरीको सुरक्षा जीवन भरीको, प्रत्येक घरमा स्वरोजगार बनाउन अनुदान, ३०० कृषि प्राविधिकलाई स्वरोजगार, उत्कष्ट किसानलाई सुनको हलो अंकित तक्माले सम्मान गर्ने कार्यक्रमहरु समावेश गरिएका छन् ।  प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँको बजेट ल्याएको छ । पूँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार, चालूतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार र वित्तियतर्फ तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार रुपैयाँ बजेट विनियोजना गरेको उनले जानकारी दिए ।

महामारी रोक्ने प्रयत्नलाई सम्मान गर्न अमेरिकासमक्ष चीनको आग्रह

चीनले संयुक्तराज्य अमेरिकालाई नोवल कोरोना भाइरसका कारण उत्पन्न महामारी नियन्त्रणमा ल्याउन चीनले गरिरहेको प्रयत्नलाई वस्तुपरक, निष्पक्ष, शान्तपूर्ण र बुद्धिमत्तापूर्ण तरिकाबाट सम्मान गर्न आग्रह गरेको छ।