काठमाडौं : कोरोना महामारीको तेस्रो लहरलाई मध्यनजर गर्दै गृह मन्त्रालयले सिंहदरबार प्रवेशका लागि जारी गरेका पास खारेज गर्ने निर्णय गरेको छ।पछिल्लो समयमा बढ्दै गएको ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेका स्थायी र अस्थायी पास खारेज गर्ने निर्णय गरेको हो।आज एक सूचना जारी गर्दै मन्त्रालयले भनेको छ, ‘हालसम्म सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालयबाट जारी भएका सबै स्थायी अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गर्ने, अब उप्रान्त नया