फागुन ४, नयाँ दिल्ली (भारत) । भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ६१५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
योसँगै भारतमा कोरोना संक्रमण शुरु भएयता हालसम्म ४ करोड २७ लाख २३ हजार ५५८ जना संक्रमित भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बताएको छ ।
सोही अवधिमा संक्रणमुक्त भएकाहरुको संख्या भने ८२ हजार ९८८ रहेको छ । एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ संक्रमित भएकाहरुको संख्याभन्दा संक्रमणमुक्त भएकाहरुको संख्या धेरै रहेकाले सक्रिय संक्रमितहरुको संख्या घट्दै गएको छ । भारतमा कोरोनाका ४ करोड १८ लाख ४३ हजार ४४६ जना संक्रमण मुक्त भएका छन् ।
अधिकारीहरुका अनुसार, भारतमा अहिले कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेकाहरुको संख्या ३ लाख ७० हजार २४० रहेको छ । गत २४ घण्टामा मात्र ५२ जना ८८७ जना सक्रिय संक्रमित घटेका छन् ।
कोरोनाभाइरसका कारण भारतमा पछिल्लो एक दिनमा ५१४ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणको कारण हालसम्म ५ लाख ९ हजार ८२७ जनाको मृत्यु भइसकेको छ । रासस सिन्ह्वा