काठमाडौं । घुससहित पक्राउ परेका प्रहरी नायब निरीक्षक (सई) सिकन्दरप्रसाद कानु बिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उनीबिरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । सप्तरीको प्रहरी चौकी तिलाठीमा कार्यरत कानुलाई अख्तियारको कार्यालय इटहरीबाट खटिएको टोलीले ५० हजार घुससह...