अर्घाखाँची जिल्लामा ७ वर्षीय बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार मालारानी गाउँपालिका–७, भेडखोराका ३८ वर्षीय कमल महतलाई पक्राउ गरिएको हो ।उनले बालिकालाई फकाई चकलेट खाने बहानामा गोठमा लगेर जबरजस्ती करणी गर्न खोजेको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । आरोपित महतमाथि थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।