१६ साउन, काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव तत्काल अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ । सोमबार बारका पदाधिकारीको टोली सभामुख सापकोटालाई भेट्न सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेका थिए । उनीहरुले संसदमा विचाराधीन रहेको प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव अघि बढाउन माग गरेका हुन् । बारकी महासचिव अञ्जिता खनालले अहिलेकै अधिवेशनमा […]