धनगढी : पूर्व राजा ज्ञानेन्द्र शाह सपरिवार धनगढी आइपुगेका छन्।भोलि (सोमबार) धनगढीमा हुने नागरिक अभिनन्दनमा सहभागी हुन पूर्व राजा शाह धनगढी आइपुगेका हुन्। उनीसँग पूर्व युवराज पारस शाह र कोमलबाहेक राज परिवारका सबै सदस्य धनगढी आएका छन्।भोलि दिउँसो धनगढीको कभर्ड हलमा विशाल समारोहबीच उनको नागरिक अभिनन्दन गरिने तय भएको छ।
पूर्व राजा ज्ञानेन्द्र शाह नेपालगन्ज आएका छन् । बागेश्वरी मन्दिरमा सोमबार हुँदै आएको महाआरतीमा सरिक हुन उनी शुक्रबार नेपालगन्ज आएका हुन् । उनलाई राप्रपाका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य डा. धवलशमशेर...
काठमाडौँ- पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीति र राज्य सञ्चालनको प्रक्रियामा इमान्दारीको ठूलो महत्व रहेको बताएका छन् । नयाँ वर्ष २०८० को उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै पूर्व राजा शाहले राजनीतिक दल र त्यसका जिम्मेवार नेताहरूले बोलेको, सम्झौता र सहमतिको अझै ठूलो अर्थ रहने बताएका हुन्। नयाँ वर्षको उपलक्ष्यमा उनले नेपाल भित्र र विश्वका विभिन्न […]
काठमाडौं, २३ मंसिर । पूर्व राजा ज्ञानेन्द्र शाहले कुनै पनि प्रकारका सामाजिक सञ्जाल चलाउने नगरेको उनको सचिवालयले स्पष्ट गरेको छ । पूर्व राजाको सम्वाद सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रिय समसामयिक घटनाका सन्दर्भ राष्ट्र र जनताको हितसँग सम्वद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राख्नु स्वभाविक भएपनि उनले कुनै पनि खालका सामाजिक सञ्जाल नचलाउने गरेको […]
काठमाडौं : यँया: (इन्द्रजात्रा) को अन्तिम दिन पूर्व राजा ज्ञानेन्द्र शाह वसन्तपुरस्थित कुमारी घर पुगेका छन्। जिवित देवी कुमारीको दर्शन गर्न उनी कुमारी घर पुगेका हुन्।
पूर्व राजा शाह कुमारी घर पुगेको बेला राजतन्त्र समर्थकहरुको वसन्तपुरमा भिड लागेको थियो। राजतन्त्र भएको बेला राजा इन्द्रजात्रा (चतुर्दशी) का दिन गद्दी बैठकमा रथयात्रा…
काठमाडौँ – पूर्व राजा ज्ञानेन्द्र शाहले बुधबार जन्मोत्सव मनाउँदै छन् । विशेष कार्यक्रम नभए पनि उनको ७५ औँ जन्मोत्सवको अवसरमा विभिन्न क्षेत्रका व्यक्तिले शुभकामना व्यक्त गरेका छन्। अभिनेत्री मनिषा कोइरालले ट्वीट मार्फत शाहलाई शुभकामना दिएकी छन्। उनले लेखेकी छन्, ‘ श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवको ७५ औँ शुभजन्मोत्सवको उपलक्ष्यमा मौसूफ सरकारको सुख, शान्ति, […]
काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह पूर्ण स्वास्थ्यपछि नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना सङ्क्रमण पुष्टि भएपछि विगत १९ दिनदेखि अस्पताल भर्ना भएका पूर्व राजाको स्वास्थ्य सामान्य बनेपछि बुधवार राति ८ बजे उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । उनीसँगै कोरोना सङ्क्रमणका कारण अस्पताल भर्ना गरिएकी पूर्व रानी कोमल शाह भने अझै अस्पतालमै छन्। उनको […]