अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहाललाई फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’को कोटाबाट राजदूत नियुक्त दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

पाकिस्तानलाई राहत सामग्री सहयोग गर्ने सरकारको निर्णय

बाढीको चपेटामा परेको पाकिस्तानलाई दुई करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने सरकारले निर्णय गरेको छ। चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु नेपाल आइपुगे। सत्याग्रहकालागि डा. गोविन्द केसी धनगढी पुगे। एमाले अध्यक्ष केपी ओली सहभागी हुने कार्यक्रम अवरोध गर्ने ११ पक्राउ परेको छन्।मलेसियाकालागि नेपाली राजदूत डिल्लीराज पौडेल र म्यानमारकालागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

भूपू गोर्खाको माग अप्रिलसम्म पूरा हुनुपर्छ : रेग्मी

लन्डन । समान पेन्सनलगायतका माग राख्दै आन्दोलनरत भूपू गोर्खाहरूको माग सन् २०२२ को अप्रिल भित्रमा अन्त हुनुपर्ने बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बताएका छन् । शुक्रबार साँझ  लन्डनस्थित नेपाली राजदूतावासमा नेपाल पत्रकार महासंघ यूके शाखाका नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान गर्न आयोजित कार्यक्रममा रेग्मीले उक्त कुरा बताएका हुन् । लामो समयदेखि बल्झिएर रहेको भूपू गोर्खाहरूको समस्या फेरि नदोहोरिने गरि अन्तिम रूप दिने प्रयास गर्दैगर्दा नेपाल सरकारको निर्णय अनुसार आफू नेपा

कतारले विश्वकप हेर्न आउने दर्शकलाई १० लाख डोज कोरोना खोप लगाउने

काठमाडौं। कतारका लागि नेपाली राजदूत डा.नारदनाथ भारद्वाजले ‘विश्वकप फुटबल २०२२’ हेर्न आउने १० लाख दर्शकलाई कोरोना खोप प्रदान गर्ने कतार सरकारको निर्णय प्रशंसनीय भएको बताएका छन्। कतारको एक अखबारसँग कुराकानी गर्दै राजदूत भारद्धाजले उक्त निर्णयले संसार भरका फुटबलप्रेमीलाई विश्वकप हेर्न प्रोत्साहित गर्ने बताए। “कोरोना महामारीबीच २०२२ विश्वकपको तयारी कतारले शानदार रुपमा गरेकोमा हामी चकित परेका छौं”, उनले भनेका छन्।

सरकारले अष्ट्रेलियाका राजदूतलाई फिर्ता बोलायो

२१ वैशाख, काठमाडौं । सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो । अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहालले आफूलाई फिर्ता बोलाउने सरकारको निर्णय मुख्य सचिव शंकरदास बैरागीमार्फत जानकारी पाएको बताए । अनलाइनखबर अष्ट्रेलियासँगको कुराकानीमा उनले मुख्यसचिव बैरागीले टेलिफोन गरी मन्त्रिपरिषदले फिर्ता बोलाउने […]