चालु आवको ११ महिनामा साढे पाँच अर्बको विद्युतीय गाडी आयात, भारत र चीनबाट धेरै भित्रिए

काठमाडौं। चालु आर्थिक वर्षको ११ महिनामा पाँच अर्ब रुपैयाँभन्दा बढीको विद्युतीय गाडीहरु नेपालमा आयात भएका छन्। भन्सार विभागको तथ्यांक अनुसार

सम्बन्धित सामग्री

चीन र भारतबाट कति आए विद्युतीय कार ? यस्तो छ बजार हिस्सा

काठमाडौं । गत आर्थिक वर्षमा विद्युतीय कारको हिस्सा ७२ प्रतिशत माथि पुग्यो । झण्डै १६ हजार यूनिट चार पाङ्ग्रे सवारीसाधन आयात भएकोमा ईभीको हिस्सा ११ हजार ७०१ यूनिट थियो । ठूलो परिमाणमा आयात भएको ईभीमा चिनियाँ उत्पादकको वर्चश्व रहेको पाइन्छ । एक वर्षको अवधिमा चीनबाट ८ हजार ६५ यूनिट विद्युतीय गाडी आयात भएका छन् । […]

विद्युतीय गाडीमा आकर्षण : ९ महीनामा ६६ % ले बढ्यो आयात, औसत मूल्य २८ लाख रुपैयाँ

काठमाडौं । पछिल्लो समय विद्युतीय गाडी (Electric Vehicles) को आकर्षण बढेको छ । भन्सार विभाग (Department of Customs)को तथ्यांकअनुसार गत साउनदेखि चैत मसान्तसम्म नेपालले ६ अर्ब ८४ करोड ७ लाख ९० हजार रुपैयाँ बराबरको २ हजार ४५१ ओटा विद्युतीय गाडी (EV) आयात गरेको छ । गाडी आयातको संख्याका आधारमा यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले ४ अर्ब २९ करोड ६६ लाख ३१ हजार रुपैयाँ बराबरको १ हजार ४७३ ओटा विद्युतीय गाडी आयात गरेको थियो ।  यो वर्ष नेपालमा आयात भएका गाडीको औषत मूल्य करीब २८ लाख रुपैयाँ परेको छ । गत वर्ष आयात भएका गाडीको औसत मूल्य २९ लाख रुपैयाँभन्दा बढी रहेको थियो । नेपालमा विद्युतीय गाडीको आकर्षण बढेसँगै सस्तो मूल्यका गाडी आयात बढ्दा औसत मूल्य घटेको भन्सार विभागको भनाइ छ । नेपालले चीन, भारत, इन्डोनेसिया, कोरिया, संयुक्त राज्य अमेरिका लगायतका मुलुकबाट विद्युतीय गाडी आयात गर्ने गरेको छ ।  भारतबाट सर्वाधिक भित्रिए पछिल्लो ९ महीनामा नेपालले सबैभन्दा बढी विद्युतीय गाडी भारत (India)बाट आयात गरेको छ । भारतपछि नेपालले चीन (China) बाट ठूलो परिमाणमा गाडी आयात गरेको छ । चालू आवको ९ महीनामा नेपालले भारतबाट ४ अर्ब ७१ करोड ९८ लाख रुपैयाँ बराबरको १ हजार ७ सय ५५ थान विद्युतीय गाडी भित्र्याएको छ । सो अवधिमा चीनबाट १ अर्ब ८ करोड ५१ लाख रुपैयाँको ४२९ ओटा विद्युतीय सवारी आयात भएका छन् । सरकारले पछिल्लो ९ महिनामा २ हजार ४५१ विद्युतीय सवारीसाधन आयातबाट १ अर्ब ९० करोडभन्दा बढी राजस्व सङ्कलन गरेको भन्सार विभागले तथ्याङ्क छ ।

उकालो चढ्न सक्दैमा विद्युतीय कार सुरक्षीत हुन्छन् ?

काठमाडौं । नेपालमा विभिन्न देशबाट आयात हुने विद्युतीय कारहरु उपलब्ध छन् । अहिले कोरिया, जापान, भारत र चीनबाट विद्युतीय गाडी आयात भइरहेको छ । विशेषत चीनबाट आयात हुने कम मूल्यका विद्युतीय कार कति सुरक्षीत छन् भन्ने विषयमा अन्तर्राष्ट्रिय अटोमोवाइल सुरक्षामा काम गर्ने संघ संस्थाले कुनै परिक्षण गरेको कागजपत्र उपलब्ध छैन । नेपाल सरकारसँग झन् परिक्षण […]