राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा १४६ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार साउनमा १८, भदौमा १२, असोजमा ६, कात्तिकका २६, मंसिरमा १६, पुसमा १२, माघमा १०, फागुनमा १९, चैतमा १३ र वैशाखमा १४ जना गर्भवती तथा सुत्केरी मह