राष्ट्रपतिलाई महाअभियोग लगाउन तरुण दलको माग

काठमाडाैं।राष्ट्रपतिलाई महाअभियोग लगाउन तरुण दलले माग गरेकाे छ।बञ्चरेडाँडामा अवरोध हटाउन प्रहरी परिचालन गरीएकाे छ।नेपाल टेलिकमको नाफा ८ अर्ब ३८ करोड रुपैयाँ पुगेकाे छ।इजरायलले कृषि क्षेत्रका लागि एक हजार नेपाली कामदार लैजाँदै छ।महिला साफ यू–१५ का लागि खुल्ला छनोट हुने भएकाे छ।

सम्बन्धित सामग्री

तरुण दलले भन्यो, राष्ट्रपति प्रधानमन्त्रीको कारिन्दा

काठमाडौं : नेपाल तरूण दलले राष्ट्रपति सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिएको जनाएको छ।तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले विज्ञप्ति जारी गरी  महाअभियोग लगाएर राष्ट्रपतिलाई हटाउन माग गरेका छन्।‘राष्ट्रपति ज्यूको भुमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रीय समिति जोडदा