काठमाडौं : ललितपुरको कुपन्डोलमा रहेको खड्गी इन्स्टिच्युट अफ इन्डोयूरोलोजीले मिर्गौलाको पत्थरी तथा प्रोस्टेट ग्रन्थिका बिरामीका लागि नि:शुल्क शल्यक्रिया शिविर आयोजना गर्ने भएको छ।आगामी पुस १४ देखि १६ गतेसम्म तीन दिन एकैपटक ४० जना मिर्गौलाका पत्थरी र प्रोस्टेट ग्रन्थिका विपन्न बिरामीका लागि नि:शुल्क शिविर आयोजना गर्न लागिएको इन्स्टिच्युटका प्रबन्ध निर्देशक तथा कन्सल्टेन्ट युरोलोजिस्ट डा. सञ्जय खड्गीले जानकारी दिए।आरुस लाइफस्टाइल अस्पताल तथा रेड क्रिसेन्ट सोसाइटी अफ कुवेत (Red Crescent Society