काठमाडौं : स्थानीय तह निर्वाचनको बहसले नेपाली राजनीति तरंगित भएको छ। शेरबहादुर देउवा नेतृत्वको सरकारलाई निर्वाचन आयोग र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले मिति तोक्न दबाब दिएपछि राजनीति तरंगित भएको हो।यद्यपि गठबन्धनभित्र स्थानीय तहको निर्वाचनबारे एकमत बन्न नसक्दा चुनावको मितिबारे अलमल भइरहेको छ।कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको उच्चस्तरीय राजनीतिक समन्वय समितिले स्थानीय तहको निर्वाचनसम्बन्धी ऐन संविधानसँग बाझिएकाले कानुन संशोधन गर्न