कम्पनी नवीकरण गर्न शुल्क नलाग्ने

काठमाडौँ- अर्थमन्त्री डा‍. प्रकाशशरण महतले संसदको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरिरहेका छन् । सोमबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले १ सय रुपैयाँ अधिकृत पुँजीमै कम्पनी खोल्न पाउने व्यवस्था गरिने बताएका छन् । साथै उनले कम्पनी नवीकरण गर्न शुल्क नलाग्ने व्यवस्था गरिने बताएका छन् । प्रत्येक जेठ १५ गते वार्षिक बजेट प्रस्तुत गर्ने संवैधानिक […]

सम्बन्धित सामग्री

निष्क्रिय रहेका ८६ सय निजी फर्म नवीकरण

दर्ता गरेर लामो समयदेखि निष्कृय रहेका ८ हजार ६ सय ८ निजी फर्म (कम्पनी) नवीकरण भएका छन् । सरकारले चालू आर्थिक वर्षको पुस मसान्तसम्म नवीकरण गर्ने निजी फर्मलाई जरिवाना शुल्क ९५ प्रतिशत छुटको व्यवस्था गरेको थियो ।सोही सुविधाको उपयोग गर्दै ८ हजार ६ सय ८ निजी फर्म नविकरण भएका हुन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता […]

१३ लाखले गरे छूटमा कम्पनी विवरण अद्यावधिक

काठमाडौं । करीब १३ लाख बढी उद्योगले छूटमा विवरण अद्यावधिक गरेका छन् । सरकारले लामो समयदेखि नवीकरण नगरेका कम्पनीलाई नवीकरणमा छूट दिएसँगै नवीकरण गर्नेको संख्यामा वृद्धि भएको छ । २०७८ पुस मसान्तसम्ममा ५ प्रतिशत रकम बुझाएर कम्पनी नवीकरण गर्न सकिने व्यवस्था भएसँगै ती कम्पनीले छूटमा नवीकरण गरेको कम्पनी रजिष्ट्रार कार्यालयले बताएको छ । सरकारले कम्पनी ऐन, २०६३ तथा प्राइभेट रजिष्ट्रेशन ऐन, २०१४ अनुसार आर्थिक वर्ष २०७५/७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका कम्पनी तथा फर्मले २०७८ साल पुस मसान्तभित्र विवरण र शुल्क तथा जरीवानाको ५ प्रतिशत रकम बुझाएमा बाँकी शुल्क तथा जरीवानामा मिनाहा दिएको थियो । कार्यालयका रजिष्ट्रार प्रदीपराज अधिकारीका अनुसार २०२० सालमा दर्ता भएका कम्पनीसमेत छूटमा नवीकरण गर्न आएका छन् । बजेटममार्फत नै कम्पनी नवीकरणमा छूट दिएपछि उल्लेख्य संख्यामा नवीकरण गर्न आएको उनले बताए । पछिल्लो समय नयाँ कम्पनी दर्ता तथा छुुटमा नवीकरणका लागि दैनिक १५० सम्म निवेदन आउने गरेका छन् । सरकारले छूट दिएसँगै नयाँ दर्ता तथा विवरण अद्यावधिक गराउने उद्योगका संख्यामा समेत वृद्धि भएको छ । गतवर्षकोे असोज मसान्तसम्ममा ७ हजार ५२६ कम्पनी दर्ता तथा उद्यावधिक भएकोमा हाल ९ हजार ७९४ कम्पनी दर्ता भएका छन् ।   कार्यालयका अनुसार गत वर्षको तुलनामा हाल उद्योग दर्ता गराउनेको संख्या ३० प्रतिशतले बढेको छ । असोज मसान्तसम्ममा कम्पनी दर्ता तथा विवरण अद्यावधिकबाट ३४ करोड ९१ लाखभन्दा बढी राजस्व संकलन भएको छ । ‘९५ प्रतिशत छूट दिएर ५ प्रतिशत मात्र शुल्क लिँदा गतवर्षको तुलनामा अहिले राजस्व संकलन करीब दोब्बर भएको छ ।’ रासस

असोजसम्म १० % शुल्क बुझाए कम्पनी नवीकरण

कम्पनी रजिष्ट्रारको कार्यालयले असोज मसान्तसम्म १० प्रतिशत शुल्क बुझाएर कम्पनी नवीकरण गर्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । बजेटमा व्यवस्था भए पनि दुई महिनादेखि कार्यान्वयनमा आउन नसकेको यो व्यवस्था यसै साताबाट लागू भएको हो ।कार्यालयका प्रवक्ता तुल्सीराम गैरेका अनुसार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट नीतिगत स्पष्टतापछि विभागले यसलाई कार्यान्वयनमा ल्याएको हो । कार्यालयका अनुसार आर्थिक […]