तनहुँ । जाडोसँगै डेङगु हराउनु पर्नेमा तनहुँमा अझै सङ्क्रमण रोकिएको छैन। डेङ्गु देखा पर्नेक्रम जारी हुनसक्ने भएकोले सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन्। तनहुँमा डेङ्गु संक्रमितको सङ्ख्या सात हजार नाघेको छ। तनहुँको दश पालिकामा शनिबारसम्ममा सात हजार १६६ जनालाई डेङ्गुको सङ्क्रमण भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार पालिकामध्ये सबैभन्दा बढी […]