कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले लोकतन्त्रवादी र वामपन्थीबीचको गठबन्धन दीर्घकालसम्म टिक्ने बताएका छन् । संघीयता र गणतन्त्रलाई सिध्याउने तत्त्वलाई परास्त गर्नका लागि गठबन्धन बनेको उनले बताएका हुन् । शुक्रबार पाँच दलीय गठबन्धनले गुर्भाकोटमा आयोजना गरेको एक कार्यक्रममा उनले भने,‘ एउटै उद्देश्य बोकेर गठबन्धन बनेको हो, त्यो पुरा नहुँदासम्म गठबन्धन रहिरहन्छ ।’ शाहीले संघीयता कार्यान्वयन र गणतन्त्रको स्थायित्वका लागि पनि गठबन्धन आवश्यक रहेको बताए । उनले भने,‘ व