काठमाडौँ । कृषि विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख र वडाध्यक्षसहित ९ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध सिँचाई कुलो निर्माणका लागि विनियोजित बजेट अनियमितता गरेको भन्दै विशेष अदालत काठमाडौँमा आज मुद्दा दायर गरेको हो । कर्मचारी, जनप्रतिनिधि तथा उपभोक्ता समितिका पदाधिकारीहरूको मिलेमतोमा छायानाथ रारा नगरपालिका १० स्थित तीनमुखे […]