काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, रामेछापका इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । सेवाग्राहीसँग घुस रकम मागिरहेको अवस्थामा पक्राउ परेका दुवैविरुद्ध अख्तियारले सोमबार विशेषमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । खानेपानीसम्बन्धी कामको भुक्तानीबापत सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी […]