१८ फागुन, म्याग्दी । वैदेशिक रोजगारीका क्रममा कतारमा ७ वर्ष बिताएपछि गाउँ फर्किएका म्याग्दीको मालिका गाउँपालिका–६ का संकेत पुनलाई दोस्रो पटक विदेश जान मन लागेन । त्यसपछि उनले तरकारी खेती गर्ने सोच बनाए । ५ वर्षअघि २०७४ सालमा कतारबाट दिच्याम फर्केपछि गाउँमा बाँझै रहेको ३ रोपनी जग्गालाई खनजोत गरेर पुनले तरकारी र सुन्तला खेती सुरु […]
गुर्भाकोट नगरपालिका–१३ का दलबहादुर वली र उनका दुई छोरा केही वर्षअघिसम्म विदेशी भूमिमा पसिना बगाउँथे। छोराहरूको सल्लाहमै स्वदेश फर्किएका उनी व्यावसायिक तरकारी खेतीमा लागे।...
गुर्भाकोट नगरपालिका–१३ का दलबहादुर वली र उनका दुई छोरा केही वर्षअघिसम्म विदेशी भूमिमा पसिना बगाउँथे। छोराहरूको सल्लाहमै स्वदेश फर्किएका उनी व्यावसायिक तरकारी खेतीमा लागे।...
विदेशबाट आयातीत तथा स्वदेशमा उत्पादित खाद्यान्न तथा तरकारी–फलफूलमा हुने जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने प्रस्ताव स्वीकृत भएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले आयातीत तरकारी तथा खाद्यान्नको विषादी परीक्षणको...
म्याग्दी - बञ्चरेढुङ्गाको भिरालो पाखोमा रहेको घरमा राति सुत्नेबाहेक खेतबारीमा नै बित्छ ५४ वर्षीय हरिलाल घिमिरेको समय । सूर्योदयसँगै खेतबारीमा लगाइएको तरकारी खेतीबाट दिनचर्या सुरु गर्ने घिमिरे राति अबेर घरमा फर्केर खाना खाएपछि मात्र आराम गर्नुहुन्छ । उहाँमा युवा उमेरको जस्तै जोस र जाँगर कायमै छ ।
करिब ३५ वर्ष अघि मलेसिया जानुभएका घिमिरेले त्यसपछिका २१ वर्ष खाडीमा नै बिताउनुभयो । मलेसिया, यूएई र साउदी अरबमा पैसा कमाउन नसकेपछि थकित र विरक्तिएको मन लिएर उहाँ गाउँ फर्किनुभयो।
म्याग्दीको बेनीनगरपाल...
काठमाण्डाै – कृषिप्रधान भनिएको देश नेपालमा चार महिनामा विदेशबाट झन्डै साढे ११ अर्ब रुपैयाँको तरकारी आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिकको वैदेशिक व्यापारको प्रतिवेदनअनुसार नेपालमा ११ अर्ब ३५ करोड रुपैयाँको तरकारी विदेशबाट आयात भएको हो । चार महिनामा २८ करोड ३४ लाख किलोग्राम तरकारी आयात भएको छ । यो अघिल्लो वर्षको तुलनामा भने साढे २९ प्रतिशतले कमी हो । अघिल्लो वर्षको चार महिनामा १६ अर्ब रुपैयाँभन्दा धेरेको तरकारी भित्रिएको विभागको तथ्याङ्क ...
वीरगञ्ज – चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा नेपालमा विदेशबाट आयात हुँदै आएका वस्तुहरु घटेपनि एक महिनामै सात अर्बभन्दा बढीको अन्न, तरकारी र फलफूल आयात भएको छ। भन्सार विभागले जारी गरेको तथ्याँक अनुसार चालु आर्थिक वर्षको साउन महिनामा मात्रै विदेशबाट ३ अर्ब ५९ करोड ४० लाख ४९ हजार बराबरको अन्न आयात भएको छ। नेपालबाट […]
विदेशबाट ठूलो मात्रामा दूषित तरकारी र फलफूल भित्रिने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भन्सार बिन्दुमा गरेको परीक्षणबाट ठूलो मात्रामा खान अयोग्य रसायन मिश्रित तरकारी र फलफूल आयात हुने गरेको पाइएको हो ।विभागले ९ महिनाको अवधिमा ७ वटा भन्सार बिन्दुमा विदेशबाट भित्रिने तरकारी र फलफूलको नमूना परीक्षण गरेको थियो । २०७८ कात्तिकदेखि २०७९ असार महिनासम्म ५६ हजार ३३८ नमूना परीक्षण गर्दा ५१ वटा नमूना खानलाई अयोग्य भेटिएको थियो ।विभागले नेपालमा विदेशबाट भित्रिने गरेको तरकारी र फलफूलमा
वैदेशिक रोजगारीबाट फर्किएका बाँकेका युवा कृषक तुल्सीराम थारु ११ कट्ठा जमिनमा तरकारी खेती गरेर राम्रो आम्दानी गरेका छन् ।उनले तरकारीको टनेलमा प्रयोग गरिने डोरी कुहिएर जान थालेपछि खेर गएका कोकाकोला,पेप्सी लगायतका प्लास्टिकका बोतलबाट डोरी बनाएर सिर्जनशिल तरीकाले टनेलमा प्रयोग पनि गरेका छन् । सरकारले वातावरण बनाइदिए कृषिमा संलग्न भएर धेरै युवाले मनग्य आम्दानी गर्न सक्ने […]