काठमाडौं : जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टीबाट मन्त्री हुने नेताको नामबारे टुंगो लगाउन छलफल थालेको छ।
च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जसपाको केन्द्रीय कार्यकारिणी बैठकमा सरकारमा सहभागी हुने नेताको टुंगो लगाउन छलफल भइरहेको नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए।
मंगलवारदेखि सुरु भएको जसपाको बैठकले यसअघि नै महन्थ ठाकुर सहितका नेतालाई कारवाही गरिसकेको छ।…