काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आरएसडिसी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले कम्पनीको ८ दशमलव ६० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ४८७ दशमलव ७५ कायम भएको छ ।
नेप्सेले बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५२९ दशमलव ७० मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर बिहीवार दोस्रो बजारमा यस कम्पनीको शेयर कारोबार खुल्नेछ ।