बागमती प्रदेशको अर्को बैठक आजै बस्ने, मुख्यमन्त्रीले जवाफ दिने

हेटौंडा :  अर्को सूचना नआएसम्मका लागि स्थगित भएको बागमती प्रदेशको प्रदेशसभा बैठक आजै दिउँसो २ बजे बस्ने भएको छ।बिहीबार बिहान बसेको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि स्थगित भएको थियो। एमालेले उठाएको प्रश्नको जवाफ आज बिहान बसेको सदनमा मुख्यमन्त्रीले जवाफ दिने बताइएको भए पनि बैठकमा मुख्यमन्त्री नै उपस्थित नभएपछि एमालेले पुनः बैठक अवरुद्व गरेको थियो।एमालेको अवरोधसँगै सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका थिए।सभामुखले बैठक स्थगित गरेको केही समयपछि

सम्बन्धित सामग्री

बागमती प्रदेशको बजेट बहुमतले पारित

जवाफ दिने क्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले बजेटमाथि असन्तुष्टि राखेका थिए । उनले शान्ति पार्कका लागि पठाइएको सूची बजेटमा नसमेटिएको दुःखेसो राखे ।

चुनौतीका चाङमा बागमती प्रदेश सरकार

मकवानपुर । संघीय शासन व्यवस्था अनुसार प्रदेशसभाको दोस्रो कार्यकाल सुरुवात भइसकेको छ । पहिलो कार्यकाल बित्दासम्म संघीय संरचनाको विषयमा विभिन्न टिकाटिप्पणी सुरु भएको छ । ५ वर्षको यस अवधिमा प्रदेश संरचनाको औचित्यमाथि नै गम्भीर प्रश्न

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एस)को दाबी

माधवकुमार नेपाल नेतृत्वको नवगठित नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका छन् ।मंगलबार नेकपा एमालेका १२ जना प्रदेशसभा सांसदहरुले प्रदेश निर्वाचन कार्यालयमा पुगेर आफूहरु एकीकृत समाजवादी पार्टीमा आवद्ध भएको सनाखत गरेसँगै नेता पाण्डेले सो प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताएका हुन् ।हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिने […]

नरोत्तम वैद्यमा दम्भ देखियो : मुख्यमन्त्री पौडेल

हेटौंडा :  बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभा सदस्य नरोत्तम वैद्यमा दम्भ देखिएको बताएका छन्।शनिबार बसेको संसद् बैठकमा नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्री पौडेलले सांसद वैद्यमा दम्भ देखिएको बताएका हुन्। उनले वैद्यले प्रधानमन्त्री ओलीविरुद्व दिएको अभिव्यक्ति फिर्ता लिएको भए पनि आफ्नो गल्ती भने महशुस नगरेको बताए।‘उहाँले माफी त माग्नुभयो। तर, आफ्नो गल्ती भयो मैले गलत बोलेँ भन्नुभन्दा पनि पार्टीले निर्देशन दियो त्यसैले अभिव्यक्ति फिर्ता लि

प्रदेशको विकल्प छैन : मुख्यमन्त्री

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुलुक सङ्घीय संरचनामा गइसकेपछि आर्थिक सामाजिक विकासका लागि प्रदेशबाहेकको विकल्प नभएको बताउनुभएको छ । मन्त्री परिवर्तन भएपछि योजना र कार्यक्रम पनि फेर्ने प्रवृत्तिले दिगो विकास नहुने र उत्पादन बढाउने कार्यक्रम आवश्यक भएको धारणा व्यक्त गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकार स्थानीय सरकारसँग समन्वय र सहकार्य गरेर जानेतर्फ अगाडि बढेको बताउनुभयो । विनियोजन विधेयक, २०८० को छलफलका क्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसहितका निकायमाथि प्रदेश सभा सदस्यले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रदेश सभा बैठकमा बिहीबार उहाँले प्रदेश सभालाई संरचनागत रूपमा सुदृढ गर्नुपर्ने, लोक सेवा आयोगको भवन बनाउनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले प्रदेश नीति तथा योजना आयोग व्यवस्थित रूपमा अगाडि बढिरहेको दाबी गर्नुभयो ।