ताप्लेजुङ : ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शन बन्द हुने भएको छ।कोरोना संक्रमण बढेका कारण मन्दिर बन्द गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। ‘यहाँ धेरै भक्तजन बाहिर जिल्लाबाट आउनुहुन्छ,’ कार्यकारी निर्देशक मनमणि काफ्लेले भने, ‘शुक्रबार बेलुका सदरमुकाम फुङलिङ आएका र माथिल्लो फेदीलगायत क्षेत्रमा पुगेकालाई शनिबार बिहान पूजा गराएर फर्काउँछौं।’अन्य तीर्थयात्रीलाई मन्दिर नआइदिन समितिले अनुरोध गरेको छ। गत मंगलबार ८ हजार ५५ जनाले मन्दि