काठमाडौं, (नेस) । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भौतिक पूर्वाधारको विकास विस्तारमा निर्माण व्यवसायीबाट सरकारले ठूलो सहयोगको अपेक्षा गरेको बताउनु भएको छ । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग भएको भेटमा मन्त्री भुसालले निर्माण उद्योगको हितका लागि आचारसंहिता जारी गर्न महासंघलाई सुझाव दिनुभयो । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले बजेटमा निर्माण आयोजनाहरुको ६ […]