मैले चाहेजस्तै टीम बनेपछि शेखरलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएँ- युवराज न्यौपाने

शेखर कोइरालालाई समर्थन गर्दै युवराज न्यौपानेले सभापतिमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।  शनिवार उम्मेदवारी दर्ता गराएका उनले आइतवार उम्मेदवारी फिर्ता लिएका हुन् ।  उम्मेदवारी फिर्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै न्यौपानेले आफूले चाहेको जस्तै टीम बनेपछि उम्मेदवारी फिर्ता लिएको बताए ।  ‘मेरो चाहना नेतृत्व परिवर्तन होस् भन्ने थियो, डा. शेखर कोइरालाको नेतृत्वमा गतिशील साथीहरूको टीम निर्माण भएको छ,’ उनले भने, ‘मैले जे चाहेको थिएँ, त्यस्तै टीम बनेपछि मैले फिर्ता लिएँ ।’ ...

सम्बन्धित सामग्री

५७ जनाले फिर्ता लिए उम्मेदवारी

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रियामा ५७ उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आइतबार दिउँसो १ बजेसम्म निर्धारण गरिएको थियो । फिर्ता लिनेमध्ये सभापति पदका उम्मेदवार युवराज न्यौपाने, सहमहामन्त्री पदका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीलगायत सदस्य रहेका समितिले जनाएको छ ।यसैगरी सदस्यहरुमा जङ्गीलाल राय, सञ्जयकुमार यादव, […]

कांग्रेस महाधिवेशन - क–कसले लिए उम्मेदवारी फिर्ता ? (नामसहित)

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रियामा ५७ उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय आज आइतवार दिउँसो १ बजेसम्म निर्धारण गरिएको थियो । फिर्ता लिनेमध्ये सभापति पदका उम्मेदवार युवराज न्यौपाने, सहमहामन्त्री पदका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीलगायत सदस्य रहेका समितिले जनाएको छ । यसैगरी सदस्यहरूमा जङ्गीलाल राय, सञ्जयकुमार यादव, गोविन्दराज बोहरा, मीन विश्वकर्मा (दलित), सीताराम महतो (मधेशी), ज...