कांग्रेस महाधिवेशन - क–कसले लिए उम्मेदवारी फिर्ता ? (नामसहित)

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रियामा ५७ उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय आज आइतवार दिउँसो १ बजेसम्म निर्धारण गरिएको थियो । फिर्ता लिनेमध्ये सभापति पदका उम्मेदवार युवराज न्यौपाने, सहमहामन्त्री पदका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीलगायत सदस्य रहेका समितिले जनाएको छ । यसैगरी सदस्यहरूमा जङ्गीलाल राय, सञ्जयकुमार यादव, गोविन्दराज बोहरा, मीन विश्वकर्मा (दलित), सीताराम महतो (मधेशी), ज...

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन अपडेट : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १४औँ महाधिवेशनमा नेतृत्वको मतदानका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । अन्तिम नामावलीअनुसार सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा शेखर कोइराला र कल्याणकुमार गुरुङको उम्मेदवारी कायम छ । शनिबार सभापति पदमा उम्मेदवारी दिनुभएका गोरखाका महाधिवेशन प्रतिनिधि युवराज न्यौपानेले भने उम्मेदवारी फिर्ता लिनुभएको छ । पाँच जनामध्येबाट सभापतिमा […]

कांग्रेस महाधिवेशन : दुई पदाधिकारीसहित ५७ जनाको उम्मेदवारी फिर्ता

नेपाली कांग्रेसको जारी १४औं महाधिवशेनमा पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५७ जनाले नाम फिर्ता लिएका छन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार दुई पदाधिकारी र ५५ केन्द्रीय सदस्यले उम्मेदवारी फिर्ता...

कांग्रेस महाधिवेशन : यस्तो छ प्रचारप्रसार र चहलपहल (तस्बिरहरु)

काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत विभिन्न पदका लागि उम्मेदवारी दिएकाहरुले आइतबार आफ्नो प्रचारप्रसार गरिरहेका छन्। यस्तै उम्मेदवारी फिर्ता लिने क्रम पनि चलिरहेको छ। जारी महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्व चयन गर्नेछ। देशभरबाट आएका महाधिवेशन  प्रतिनिधिहरुले नयाँ नेतृत्वका लागि सोमबार मतदान गर्नेछन्। महाधिवेशनस्थलमा प्रतिनिधिहरुले आफ्ना नेताहरुको प्रचारप्रसार विभिन्न झाँकीसहित गरिरहेका छन्। काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी मार्ग […]

कांग्रेस महाधिवेशन : भोट माग्दै नेता कार्यकर्ता

काठमाडौं : नेपाली कांग्रेसको जारी महाधिवेशनमा उम्मेदवारी दिएकाहरूले आज उम्मेदवारी फिर्ता लिने तालिका छ। शनिबार उम्मेदवारी दिएकामध्ये फिर्ता लिनेलाई आइतबार बिहान ११ बजेसम्मका लागि समय छुट्याइएको कांग्रेस निर्वाचन समितिले जनाएको छ।त्यसपछि आचासहिंता लागू हुने निर्वाचन समितिले जनाएको छ। आचारसंहिताअन्तर्गत मतदानस्थलभन्दा ५०० मिटर वरपर कुनै उम्मेदवारको प्यानल वा भोट माग्ने नियतले पर्चा पम्पलेट वा कसैलाई प्रलोभनमा पार्ने किसिमका गतिविधि गर्न पाइने छैन।तर, भृकुटीमण्डप तथा राष्ट्रियसभा केन्द्रमा विशेष गर

कांग्रेस महाधिवेशन : मीन विश्वकर्माद्वारा उम्मेदवारी फिर्ता

काठमाण्डाै - नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले पार्टीको केन्द्रीय सदस्यका लागि दर्ता गरेको उम्मेदवारी फिर्ता लिनु भएको छ । महामन्त्री वा सहमहामन्त्रीका आकाङ्क्षी रहेका उहाँले आफ्नो उम्मेदवारी नै अरु कसैले दर्ता गराइदिएको आशय व्यक्त गर्नु भएको छ । ‘मेरो पनि नाम केन्द्रीय सदस्यमा दर्ता भएको देखिएकोमा त्यो पदमा उम्मेदवारी दिने मेरो कुनै मनसाय नरहेकाले उम्मेदवारी फिर्ता लिएको अनुरोध साथ मेरो नाम सूचीबाट हटाइ दिनुहुन यो लिखित निवेदन पेस गरेको छु,’ विश्वकर्माले लेख्नु भएको छ । विश्वकर्मा सभापति श...