मन्त्रीका घरआँगनमा मात्रै विकास पुगेको प्रतिपक्षीको आरोप

विराटनगर । प्रदेश १ प्रतिपक्षी दलका सांसदहरूले प्रदेश सरकारका मन्त्रीहरूका निर्वाचन क्षेत्र मात्रै विकास निर्माणको प्राथमिकतामा परेको आरोप लगाएका छन् । प्रदेश मन्त्रिपरिषद्का सदस्यहरूको घर आँगनसम्मै विकास आयोजना पुगेको, तर अन्य सदस्यको क्षेत्रलाई भने उपेक्षा गरिएको बुधवार प्रदेशसभामा बोल्दै प्रतिपक्षी दलका सदस्यहरूले आरोप लगाएका हुन् । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिने सांसदहरूले मन्त्रीहरूको क्षेत्रमा मात्रै केन्द्रित हुने विकास आयोजनाले संघीयताको मर्म आत्मसात् नगर्ने बताए । ‘मन्त्रीहरू पूरै चुनावमुखी भएको प्रमाण व्यावहारिक रूपमै देखिएको छ,’ प्रदेशसभा सदस्य उमिता विकले भनिन्, ‘अहिले आएको सिद्धान्त र प्राथमिकतामा पनि हुँदै नहुने चुनावलाई लक्षित गरिएको छ ।’ सांसद जयराम यादवले यसअघिका सरकारी प्राथमिकताहरू पूरा नभएको भन्दै सरकारले विकास आयोजनाहरूमा विभेद गरेको र पहुँचका आधारमा योजना छरिएको आरोप लगाए । ‘अघिल्लो पटक आएको एक निर्वाचन क्षेत्र, एक खेल मैदान कार्यक्रम कहाँ पुग्यो ?’, उनले भने, ‘प्राथमिकता एकातिर काम अर्कातिर हुने अवस्थाले संघीयता कार्यान्वयनमा सघाउ पुग्दैन ।’ सांसद मोहनकुमार खड्काले सरकारले सिद्धान्त र प्राथमिकतामा कमिसन र अनियमितताको कुरा छुटाउन नहुने भन्दै व्यंग्य गरे । प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय कमिसनको अखडा बनेको उनको कथन थियो । कमिसन र अनियमित काममा मन्त्रालय लिप्त बनेको आरोप लगाउँदै उनले भने, ‘प्रदेश सरकार संघीय व्यवस्था समाप्त पार्न लागिपरेको छ ।’ सांसद रामकुमार राईले बालुवाटारबाट शुरू भएको ‘राजनीतिक कोभिड’ले आक्रान्त बनाएको भन्दै प्रदेश सरकारले संघीयताको हुर्मत लिएको टिप्पणी गरे । ‘प्रदेशमा सुशासन ध्वस्त भएको छ,’ उनले भने, ‘यसतर्फ सरकारी प्राथमिकता कतै उल्लेख छैन ।’ अर्का सांसद धीरेन्द्र शर्माले सरकारले पेश गरेको बजेटको सिद्धान्त र प्राथमिकताले संघीयता, समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको परिकल्पना नै नगरेको आरोप लगाए । सांसद् मोहम्मद ताहिर मियाले सरकारले लिखित प्राथमिकता पूरा गर्न कहिल्यै इमानदारी नदेखाएको आरोप लगाए । ‘सधैं बजेटमा कृषिलाई उच्च महŒव दिएको बताइन्छ,’ उनले भने, ‘तर, न कहिल्यै किसानले मल पाउँछन्, न बीउ, न सिँचाइकै व्यवस्था छ ।’ सत्तारूढ एमालेका सांसदहरू निरन राई, विमल कार्की लगायतले सरकारको बचाउ गर्दै सिद्धान्त र प्राथमिकता राम्रो रहेको दाबी गरेका थिए ।  

सम्बन्धित सामग्री

नेपालमा विकास नहुनुको कारण राजसंस्था भएको एस.डी. मुनीको आरोप (भिडिओसहित)

काठमाडौं, २० जेठ । नेपाल मामिलाका जानकार भारतीय प्रोफेर डा. एसडी मुनीले नेपालको विकास नहुनुमा राजसंस्थाको हात रहेको आरोप लगाएका छन् । नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग प्राइम टिभीको जनता जान्न चाहन्छन् कार्यक्रममा कुरा गर्दै मुनीले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘तपाईंको देशमा विकास मोनार्कीले गरेन, तपाईँहरुको विकास भएन । किनकी मोनार्कीको पछि […]

नगर विकास समितिको जग्गामा नेताको घर, ‘ड्राफ्ट’ गरिएकाे पत्र अलपत्र !

कांग्रेसका नेता जानकीलाल बस्नेतले लमही नगर विकास समितिको जग्गामा घर बनाएको आरोप लागेको छ।  गर विकास समितिको चैलाही २ च कित्ता नम्बर ५९७ को जग्गा मिचेर बस्नेतले घर बनाएको आरोप लागेपछि...

पाँचदलीय गठबन्धनको उद्देश्य विकास र स्थिरता रोक्नु हो : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनको उद्देश्य विकास र स्थिरता रोक्नु रहेको आरोप लगाएका छन्। गृहनगर दमकमा भएको चुनावीसभालाई सम्बोधन गर्दै ओलीले पाँचदलीय गठबन्धनले देशमा विकास गर्ने एमालेप्रति...

गठबन्धन सरकार विकास विरोधी भएको अध्यक्ष ओलीको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठवन्धन सरकार विकास विरोधी रहेको आरोप लगाएका छन् । शनिबार सर्लाही सदरमुकाम मलंगवामा आयोजित पार्टीको कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।  संवोधनका...

विकास ल्याउन एमाले नै चाहिन्छः अध्यक्ष ओली

उनले आफू प्रधानमन्त्री भएको बेला सुरु गरिएका हजारौँ विकास निर्माणका आयोजना अहिलेको सरकारले बजेट नदिएर ठप्प तुल्याएको आरोप लगाए।...

विकास गर्न नसक्ने सरकारले कर्मचारी सरुवाको आतंक मच्चाएको ओलीको आरोप

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विकासको काम गर्न नसक्ने सरकारले कर्मचारीको सरुवा आतंक मच्चाएको आरोप लगाएका छन्।  मंगलवार नेकपा एमालेको पालिकास्तरीय अधिवेशनको संयुक्त रुपमा उद्घाटन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।  '१४ सय सडक निर्माण गर्न सक्दिन भनेर हात उठाउने अनि कर्मचारीमा सरुवा आतंक मच्चाएको छ। राजदूत फिर्ता…

पोखरामा अस्थायी लाइसेन्स वितरण, विभागले जनतालाई अन्याय गरेको मन्त्रीको आरोप

गण्डकी सरकारका भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्काले यातायात व्यवस्था विभागले जनतालाई अन्याय गरेको आरोप लगाएका छन्।

गौरीगंगाका मेयरले कानुनविपरीत योजना बाँडेको आरोप

धनगढी : कैलालीको गौरीगंगा नगरपालिकाका मेयर भीमबहादुर देउवामाथि कानुनविपरीत मनोमानी काम गरेको आरोप लागेको छ।मेयर देउवाले आफूखुसी कर्मचारी भर्ना गर्ने र आसेपासेलाई योजना बाँड्ने गरेको नगरवासीको आरोप छ। गौरीगंगा नगरपालिकाका मेयर पदका प्रत्यासी देवीराज कँडेलले मेयर देउवाले कर्मचारी करारमा राख्नेदेखि उपभोक्तालाई नियमावलीविपरीत योजना बाँड्ने काम गरेको आरोप लगाएका छन्।पटकपटक विकास निर्माणका योजना कानुनसम्मत रूपमा अघि बढाउन आग्रह गर्दै आए पनि मेयरले आफूअनुकूल योजना बाँड्ने काम मात्र गर्दै आएको उनको अरोप

गुगलमाथि अविश्वासको आरोप

एजेन्सी। अमेरिकाका ३७ वटा राज्यले गुगललाई अविश्वासको आरोप लगाएका छन्। अमेरिकाको एप विकास समूह ‘फोर्टनाइट’ले उक्त आरोप लागाएको हो। ब्लुमबर्गको रिपोर्टका अनुसार गुगलले ३० प्रतिशत कमिसन लिएर एप बेचेको आरोप लगाइएको हो। नौ महिना अघि पनि गुगलमाथि अविश्वासको आरोप लागेको थियो। आजसम्म लागेका कुनै आरोपलाई गुगलले स्वीकारेको छैन।