दलित विकास समिति उपाध्यक्षविरुद्ध यौन दुर्व्यवहारको आरोप, जसपा नेतृद्वारा मुद्दा दर्ता

लहान : जनता समाजवादी पार्टी (जसपा) की नेतृ ललिता दासले प्रदेश २ को दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गराएकी छन्। आफूलाई सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत यौन सम्पर्कको प्रस्ताव राखेको र अस्वीकार गर्दा गालीगलौज गरेको आरोप लगाउँदै सिरहाको लहान नगरपालिका­१ निवासी नेतृ दासले समितिका उपाध्यक्ष बैठाविरुद्ध…