घूस लिएको आरोपमा विद्युत् प्राधिकरणका सुपरभाइजरविरुद्ध आरोप–पत्र दायर

फागुन २३, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घूस लिएको आरोपमा  नेपाल विद्युत् प्राधिकरणका सब–स्टेशनका प्रमुख सुपरभाइजरविरुद्ध आरोप पत्र दायर गरेको छ । नेपाल विद्युत् प्राधिकरण, काठमाडौं ग्रिड महाशाखा, पाटन, ललितपुर सब– स्टेशनका (प्रमुख) सुपरभाइजर सोमप्रसाद पहाडीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो । नेपाल विद्युत् प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नको लागि सेवाग्राहीसँग रू. १ लाख ४० हजार घूस मागिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले पहाडीलाई सेवाग्राहीबाट घूस लिइसकेको अवस्थामा गत पुस २९ गते नियन्त्रणमा लिएको थियो । निजलाई बिगो रू. १ लाख ४० हजार कायम गरी सोमवार विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको आयोगले जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

पोखरा महानगरका दुई इन्जिनियरसहित तीन जनालाई मुद्दा

घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिँदा घूस लिएको अभियोगमा पोखरा महानगरपालिकाका दुई इन्जिनियरसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार महानगरका इन्जिनियर शिवराज बराल र सब इन्जिनियर उषा किरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सीका कर्मचारी सुरज कुँवरविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।

घूस लिएको आरोपमा मालपोत कार्यालय टोखाका खरिदारविरुद्ध मुद्दा दायर

वैशाख २१, काठमाडौं । घूस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंस्थित मालपोत कार्यालय टोखाका खरिदार विनोद तिवारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । मुद्दा फाँटमा कार्यरत तिवारीले जग्गा नामसारी दर्ता गरी जग्गाधनी प्रमाण पूर्जा बनाउने काममा सहजीकरण गरेबापत सेवाग्राहीसँग घूस लिएको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले तिवारीलाई पक्राउ गरेको थियो । अख्तियारको टोलीले तिवारीलाई सेवाग्राहीसँग २० हजार रुपैयाँ घूस लिइसकेको अवस्थामा ४ वैशाखमा नियन्त्रणमा लिएको थियो । अनुसन्धानको क्रममा तिवारीले सेवाग्राहीसँग २० हजार रुपैयाँ घूस लिएको पुष्टि हुन आएकोले उनीविरुद्ध मुद्दा दायर गरिएको बताइएको छ ।  तिवारीलाई बिगो रू. २० हजार कायम गरी बुधवार विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको आयोगले जानकारी दिएको छ ।

घूस लिएको आरोपमा मालपोत अधिकृतविरुद्ध मुद्दा दायर

वैशाख १६, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घूस लिएको आरोपमा पक्राउ परेका निमित्त कार्यालय प्रमुख (मालपोत अधिकृत) विरुद्ध मुद्दा दायर गरेको छ । धनुषा जिल्ला, भूमिसुधार तथा मालपोत कार्यालय, जनकपुरधाममा कार्यरत निमित्त कार्यालय प्रमुख (मालपोत अधिकृत) सुनिल कुमार झा विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो । झाले जग्गा सम्बन्धी हक सफा मुद्दाको फैसला सुनाए बापत सेवाग्राहीसँग घूस मागिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले झालाई सेवाग्राहीबाट ५ लाख रुपैयाँ घूस लिइसकेको अवस्थामा २०७८ साल चैत २८ गते नियन्त्रणमा लिएको थियो ।  झालाई बिगो रू. ५ लाख कायम गरी शुक्रवार विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको आयोगले जानकारी दिएको छ ।

घूस लिएको आरोपमा नासुविरुद्ध आरोप पत्र दायर

फागुन १८, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घूस लिएको आरोपमा पक्राउ परेका नायव सुब्बा विरुद्ध आरोप पत्र दायर गरेको छ । जिल्ला बारा, कोल्हवी नगरपालिका, ११ नं. वडा कार्यालयमा कार्यरत नायव सुब्बा विनोद प्रसाद साह विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो । साहले जग्गा नामसारी सिफारिसको लागि सेवाग्राहीसँग घूस मागिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले साहलाई सेवाग्राहीबाट रू. ३ हजार ५०० घूस लिइसकेको अवस्थामा गत माघ २० गते नियन्त्रणमा लिएको थियो । साहलाई बिगो रू. ३ हजार ५०० कायम गरी बुधवार विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको आयोगले जानकारी दिएको छ ।