काँग्रेसले स्थानीय तहका प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिने

नेपाली काँग्रेसले स्थानीय तहमा निर्वाचित पालिका प्रमुख र उपप्रमुखका लागि अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । सोमबार बिहान बालुवाटारमा बसेको काँग्रेस शीर्ष नेताको बैठकले साउन ३० र ३१ गते प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको महामन्त्री गगन थापाले रातोपाटीलाई जानकारी दिए ।काँग्रेसले स्थानीय निर्वाचनमा ३२९ प्रमुख र ३ सय उपप्रमुख जितेको छ । उनीहरूलाई काठमाडौँ बोलाएर स्थानीय सरकार सञ्चालनका सन्दर्भमा अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम गर्न लागेको हो ।

सम्बन्धित सामग्री

यो पटक स्थानीय तह निर्वाचनको भन्दा बलियो तालमेल हुन्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी संघ र प्रदेशको निर्वाचनमा गठबन्धन दलबीच स्थानीय तह निर्वाचनको भन्दा बलियो तालमेल हुने बताएका छन् । अबको चुनावी तालमेलले पहिलेको भन्दा राम्रो परिणाम दिने उनले उल्लेख गरे ।शनिबार बुटवलमा पार्टी प्रशिक्षण कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘स्थानीय तहको निर्वाचनमा आपसी तालमेल राम्रो नभएपनि प्रदेश र संघको निर्वाचन राम्रो गर्दैछौं ।’ स्थानीय तहको निर्वाचनबाट शिक्षा ल

जनप्रतिनिधिलाई एकीकृत समाजवादीको प्रशिक्षण, तस्बिरमा हेर्नुहोस्

नेकपा एकीकृत समाजवादी पार्टीले गत स्थानीय तह निर्वाचनमा विजयी भएका पार्टीका जनप्रतिनिधिलाई प्रशिक्षण दिएको छ । समाजवादीले बुधबार जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिइएको हो । प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा गरेका छन् । समाजवादीले पार्टीबाट मन्त्री बनेकाहरुलाई समेत केहीअघि प्रशिक्षण दिएको थियो ।

निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै एकीकृत समाजवादी

काठमाडौं : नेकपा एकीकृत समाजवादीले बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिइरहेको छ। आज बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रशिक्षण कार्यक्रमको उद्घाटन गरे। प्रशिक्षण कार्यक्रममा एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिनिधहरु सहभागी छन्। एकीकृत समाजवादीले जनप्रतिनिधिहरुलाई स्थानीय सरकार संचालन लगायतका विषयमा प्रशिक्षण दिँदैछ।

नवनिर्वाचित जनप्रतिनिधिलाई एमाले काठमाडौँले दियो प्रशिक्षण

नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्थानीय तह सञ्चालनको कार्यलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बिषयमा दुई दिनको प्रशिक्षण दिएको छ।...

नवनिर्वाचित जनप्रतिनिधिलाई एमाले काठमाडौंले दियो प्रशिक्षण

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्थानीय तह सञ्चालनको कार्यलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा दुई दिनको प्रशिक्षण  दिएको छ ।पार्टीको निर्वाचनसम्बन्धी घोषणा पत्र, स्थानीय तह सञ्चालनसम्बन्धी कानुनी व्यवस्था, संघ, प्रदेश र स्थानीयको अधिकार क्षेत्रबारे, स्थानीय तहको बजेट निर्माण प्रक्रिया, अनुगमनका साथै जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धबारे नवनिर्वाचित जनप्रतिनिधिले कसरी बिषय उठान गर्ने भन्नेबारेमा एमालेले प्रशिक्षण दिएको हो ।बुढानिलकण्ठ

नवनिर्वाचित जनप्रतिनिधिलाई माओवादीको प्रशिक्षण

स्थानीय तह निर्वाचनमा विभिन्न पालिकाबाट निर्वाचित आफ्ना जनप्रतिनिधिलाई माओवादी केन्द्रले प्रशिक्षण दिन सुरु गरेको छ । स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले दुईदिने प्रशिक्षण आयोजना गरिएको माओवादीले जनाएको...

माओवादीले जनप्रतिनिधिलाई एकै ठाउँमा प्रशिक्षण दिने

नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई एकै ठाउँ राखेर प्रशिक्षण दिने भएको छ । बुधबार बसेको सो पार्टीको केन्द्रीय कार्यालयको बैठकले आगामी जेठ १८ र १९ गते स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई काठमाडौंमा प्रशिक्षण दिने निर्णय गरेको हो । उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित विशेषज्ञले प्रशिक्षण दिने माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । नेकपा माओवादीले स्थानीय तह निर्

स्थानीय तह निर्वाचनमा २०० पालिकामा जित्छौं : वर्षमान पुन

१७ चैत, काठमडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा आफूहरुले २०० पालिका प्रमुखमा जित हासिल गर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा उनले स्थानीय तह निर्वाचनमा वामपन्थी दलहरुमध्ये आफूहरु पहिलो हुने दावी गरे । ‘गठबन्धन भएमा एमालेले १६० पालिका जित्ने उहाँहरुकै अध्यन रिपोर्ट छ । […]