मोरङ । विराटनगर महानगरपालिका–१८ बाट अवैध सुपारी बोकेका आठवटा भारतीय नम्बरका ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत एवं प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले आज साँझ जारी गरेको जानकारीअनुसार बिहीबार राति १०ः३० बजे समयमा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले अवैधरूपमा...