असोज ७, काठमाडौं । अजोड इन्स्योरेन्सले ‘इन हाउस मार्केटिङ’ तालिम सम्पन्न गरेको छ ।
कम्पनीको प्रधान कार्यालय, शाखा तथा उपशाखाका सहायक तहका मार्केटिङ कर्मचारीहरुलाई इन हाउस मार्केटिङ तालिम काठमाडौंमा सम्पन्न भएको हो ।
उक्त तालिममा ५२ जना मार्केटिङ कर्मचारीहरुको सहभागिता रहेको थियो । त्यस्तै भाद्र २९, ३० र ३१ गते भर्चुअल माध्यमबाट आधाभूत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न गरिएको छ ।
सहायक महाप्रबन्धक अनिल कुमार अर्यालका साथै प्रशिक्षर्थीहरुद्वारा बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौतिदेखि यस क्षेत्रको विकास र विस्तारमा बीमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भुमिका र बीमाका विभिन्न पोर्टफोलियोको बारेमा प्रशिक्षण प्रदान गरिएको थियो ।