काठमाडौँ- माओवादी नेतृत्व तहमा खिचातानी बढिरहेका बेला अर्थमन्त्री जनार्दन शर्मा बजेट निर्माणमा बाहिरी व्यक्ति र स्वार्थबाट निर्देशित भएको सार्वजनिक भएपछि उनीमाथि राजीनामा गर्न दबाब बढेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतबार उनलाई आफ्नै निवास खुमलटारमा बोलाएर अर्थमन्त्री जनार्दन शर्मालाई तत्काल राजीनामा गर्न दबाब दिएका छन्। करको हेरफेर गर्न अर्थ मन्त्रालयका सचिवद्वय मधु मरासिनी र […]