काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शिष्टाचार भेट भएको छ । भेटका क्रममा अध्यक्ष ओलीले बीआरआईसँग जोडिएका आयोजनाहरुलाई तत्काल अघि बढाउन आग्रह गर्नुभयो । भेटमा बीआरआई अन्तर्गतका आयोजनाहरु सडक, सिंचाई, रेल, जलविद्युत र सीमानाका बनाउने कुराहरुमा छलफल भएको नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले बताउनुभयो । […]