निर्वाचन प्रक्रिया नरोक्न आयोगलाई प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । सरकारले आगामी वैशाख १७ र २७ गतेलाई तोकिएको निर्वाचन  सम्पन्न गर्ने गरी तयारी गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । यसअघि नेकपा विवादपछि प्रचण्ड-माधव पक्षले निर्वाचन हुन नसक्ने भन्दै निर्वाचन आयोगलाई निर्वाचन प्रक्रिया अघि नबढाउन आग्रह गरेको थियो । मंगलबार प्रधानमन्त्री ओली निर्वाचन आयोगको कार्यालय पुगेर निर्वाचनको तयारीबारे जानकारी लिएपछि निर्वाचन तयारी निरन्तर अघि बढाउन सुझाव दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आयोग परिसरमा उपस्थित सञ्चारकर्मील