नेपाली कांग्रेसका केन्द्रीय निर्वाचन समितिले पार्टीको १४ औं महाधिवेशनसहितका बाँकी काम गर्न नयाँ समिति निर्माणका लागि आग्रह गरेका छन्। पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षबीच विवाद बढि रहेका बेला राधेश्याम अधिकारी नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन समितिका सबै सदस्यहरूले आफुहरु मार्ग प्रशस्थ गर्न तयार रहको जनाउँदै पार्टी केन्द्रीय कार्यालयलाई पत्र लेखेका हुन्।