धादिङ अस्पतालले डायलाइसिस सेवा सुरु गरेको छ । वाग्मती प्रदेश सरकारको सहयोगमा अस्पतालले शनिबार एक कार्यक्रम आयोजना गरी हेमोडायलाइसिस सेवा सुरु गरेको हो । वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले डायलाइसिस सेवाको उद्घाटन गरेका हुन् । अस्पतालमा सुरु गरिएको सेवा गुणस्तरीय र भरपर्दो बनाउन आग्रह गरेका छन् ।