काठमाडाैं । काठमाडौंको फोहोर नउठेर समस्या सिर्जना भएपछि आकस्मिक रूपमा बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर खसालिए पनि स्थानीयका मागप्रति प्रतिबद्ध रहेको सरकारले बताएको छ ।
सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले ल्याण्डफिल्ड साइटबाट प्रभावित स्थानीयको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी हुन् । बुधबार मन्त्रालयमा आयोजित सर्वपक्षीय छलफलमा मन्त्री झाँक्रीले भनिन्, “बन्चरेडाँडा ल्याण्डफिल्ड...