असार ५, वासिङ्टन । विश्वचर्चित माइक्रोसफ्ट कर्पोरेसनको अध्यक्षमा सत्या नाडेला नियुक्त भएका छन् ।
माइक्रोसफ्टको अध्यक्ष यसअघि जोन थमसन रहेका थिएन भने नाडेला माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका थिए । भारतीय मुलको नाडेला सो चर्चित कम्पनीको अध्यक्षमा निर्विरोध निर्वाचित भएको कम्पनीले बताएको छ ।
माइक्रोसफ्टका संस्थापक विल गेट्सले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी गत सन् २००० मा त्यागेका थिए भने सन् २०१४ देखि लगातार नाडेला नै प्रमुख कार्यकारी अधिकृत रहेका थिए।
अध्यक्षमा निर्वाचित भएपनि प्रमुख कार्यकारी अधिकृतको जिम्मेबारीसमेत उनले नै निर्वाह गरिरहने कम्पनीले बताएको छ । माइक्रोसफ्ट कर्पोरेसनमा झण्डै दई दशकपछि एउटै व्यक्तिले अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको जिम्मेबारी पाएका हुन्।
त्यसैगरी कर्पोरेसनको अध्यक्षको जिम्मेवारीबाट संस्थापक विल गेट्सले सन् २०१४ मा बाहिरिएका थिए । संस्थापक गेट्स बाहिरिएपछि थमसनले अध्यक्षको जिम्मेवारी लिएका थिए।
अहिले उनी पनि बाहिरिएपछि माइक्रोसफ्ट कर्पोरेसनको नेतृत्व तेस्रो व्यक्तिमा पुगेको छ । कर्पोरेसनको दोहोरो जिम्मेवारी लिएपछि उनले सामाजिक सञ्जाल ट्वीटरको आफ्नो एकाउन्टमा पनि ‘चियरमेन एण्ड सीईओ अफ माइक्रोसफ्ट कार्पोरेसन’ लेखेका छन् ।रासस/ एएनआई