स्थानीय चुनावमा २ प्रतिशत मत ल्याएको लोसपा कसरी बन्ला राष्ट्रिय दल ?

मधेसकेन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूलाई थ्रेसहोल्डको चिन्ताले सताएको छ ।

सम्बन्धित सामग्री

लोसपा संसदीय दलको नेतामा महन्थ ठाकुर चयन

६ पुस, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालको संसदीय दलको नेतामा महन्थ ठाकुर सर्वसम्मत  भएका छन् । उनी पार्टीका अध्यक्ष पनि हुन् । लोसपाले प्रतिनिधि सभामा जम्मा ४ सिट जितेको छ । ठाकुरसहित, सर्वेन्द्रनाथ शुक्ला, शरत सिंह भण्डारी र रामप्रकाश चौधरी लोसपाबाट सांसद छन् । समानुपातिकमा थ्रेस होल्ड कटाउन नसकेपछि लोसपा राष्ट्रिय दल हुनबाट […]

खुम्चियो लोसपा, बन्न सकेन राष्ट्रिय दल

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी राष्ट्रिय पार्टी बन्नबाट बन्चित हुने भएको छ । मंसिर ४ गते सम्पन्न आम चुनावको समानुपातिकतर्फको जारी मतपरिणाम हेर्दा लोसपाले थ्रेसहोल्ड (तीन प्रतिशत मत) कटाउन नसक्ने देखिएको छ ।  राष्ट्रिय पार्टी हुनका लागि सम्पूर्ण सदर मतको तीन प्रतिशत मत ल्याउनुको साथै प्रतिनिधि सभामा प्रत्यक्षतर्फ कम्तिमा एक जना निर्वाचित भएको हुनुपर्छ ।लोसपाबाट प्रतिनिधिसभामा चार जनाले जिते पनि कुल सदर मतमा तीन प्रतिशत कटाउन नसक्ने देखिएको हो । समानुपातिकमा लोसपाले य

वीरगञ्जमा चुस्तदुरुस्त शान्ति सुरक्षा व्यवस्था

वीरगञ्ज । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी बारा जिल्लामा शान्ति सुरक्षाको व्यवस्था चुस्तदुरुस्त पारिएको स्थानीय प्रशासनले जानकारी दिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी साथै आवश्यकता अनुसार नेपाली सेनालाई परिचालन गरी सुरक्षा व्यवस्थापन मिलाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।      मतदानस्थलको सुरक्षामा थप सुरक्षाकर्मीको आवश्यकता परे तत्कालै थप सुरक्षा सुरक्षाकर्मी उक्त स्थानमा पुग्नसक्ने गरी मतदानस्थलमा सुरक्षाको व्यवस्थापन मिलाइएको प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिए । जिल्लाभर कूल ३०३ मतदानस्थल र ५४१ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।      असहाय, अशक्त, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्तिका लागि मतदान गर्न उचित व्यवस्थापन गर्ने जिल्ला निर्वाचन कार्यालय, बाराले जानकारी दिएको छ । यसैगरी, निर्वाचनलाई भयरहित, शान्त र सुरक्षित रूपमा सम्पन्न गर्न तयारी भएको बताइएको छ । मतदानपछि मत गणनास्थललाई सुरक्षित राख्न तारजालीको प्रयोग गरी आवश्यकता अनुसार सिसी टिभीसमेत जडान गरिएको हो ।      बारामा छ वटा राष्ट्रिय दल र २९ वटा साना दल गरी ३५ वटा साना/ठूला दलका प्रतिनिधिसहित स्वतन्त्र रुपमा उम्मेदवार स्थानीय चुनावमा प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत अन्य साना दलका उम्मेदवार र अन्य स्वतन्त्र उम्मेदवार निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका जिल्ला निर्वाचन कार्यालय बाराले जानकारी दिएको छ ।      जिल्ला निर्वाचन कार्यालय अनुसार बारामा पुरुष दुई लाख ३१ हजार ८२६, महिला एक लाख ९१ हजार ४९० र तेस्रो लिङ्गी ११ जना गरी कुल चार लाख २३ हजार ३२७ जना मतदाता रहेका  छन् ।           पाँच सयमध्ये ७७ मात्र हतियार बुझाइयो      पर्सामा स्थानीय तहको निर्वाचन लक्षित जिल्ला प्रशासन कार्यालयबाट इजाजत लिइएका सबै हातहतियार बुझाउन प्रशासन कार्यालयको आग्रह गरे पनि अधिकांशले हातहतियार बुझाएका छैनन् ।      जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी ओमप्रकाश खनालका अनुसार जिल्लामा इजाजत लिएका करीब ५०० हातहतियारमध्ये विभिन्न ठाउँबाट हालसम्म ७७ वटा हात हतियार मात्रै बुझाइएकोे हो । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार इजाजत लिइएकामध्ये करिब ५०० को हाराहारीमा हातहातियार नवीकरण हुँदै आएको तथ्याङ्क छ । इजाजत लिएका ती हतियार प्राय: सबै एक नाले र दुईनाले बाह्र बोरका रहेका छन् । रासस