मकवानपुरका स्थानीय तहलाई भू–उपयोगसम्बन्धी नक्सा, डाटा तथा प्रतिवेदन हस्तान्तरण गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले शुक्रबार एक कार्यक्रमबीच भूमिको वर्गीकरणको आधारमा नापी विभागले तयार पारेका ती सामग्री जिल्लाका १० वटै स्थानीय तहलाई हस्तान्तरण गरेका हुन् ।