माओवादी केन्द्रले आज पनि पदाधिकारी टुङ्गो लगाउन सकेन

काठमाण्डाै - पदाधिकारी टुङ्गो लगाउन बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि कुनै निष्कर्षमा नपुगी सकिएको छ । बिहान बसेको स्थायी कमिटी बैठकमा पदाधिकारीबारे छलफल भए पनि टुङ्गो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । उहाँले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण पनि पदाधिकारीको टुङ्गो लाग्न नसकेको बताउनुभयो । उहाँका अनुसार पदाधिकारीबारे लगभग टुङ्गिएको छ । निर्णय गर्न मात्र बाँकी छ । यसबारे थप छलफल गरी निर्णय गर्न भोलि दिउँसो १ बजे फेरि बैठक बस्ने उहाँले जानकारी दिनुभयो । बै...

सम्बन्धित सामग्री

माओवादी केन्द्रः आकांक्षी बढेपछि विधानविपरीत २१ सदस्यीय पदाधिकारी

काठमाडौं, भदौ ५ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले महाधिवेशन भएको सात महिनापछि पदाधिकारी टुंगो लगाएको छ । लामो कसरतपश्चात् माओवादी केन्द्रले पदाधिकारी पाएको हो । तर, स्थायी समिति, पोलिटब्युरो, नेताका जिम्मेवारी बाँडफाँट अझै हुन सकेको छैन । माओवादी केन्द्रको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ । पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट […]

नेकपा माओवादी केन्द्र पदाधिकारी टुंगो लगाउन असफल

नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंगो लगाउन भन्दै बोलाएको बैठक निष्कर्ष विहीन भएको छ । शुक्रबार बिहान पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिन असफल भएको हो । बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको विषयमा गम्भीर छलफल भएपनि निष्कर्ष निस्कन बाँकी रहेको बताए । शनिबार दिउँसो १ बजे पुनः बैठक बसेर यस विषयलाई टुंग्याइने उनको भनाइ छ। आजको बैठकमा बोल्ने अधिकांश स्थायी कमिटी सदस्यले पदाधिकारी टुंग्याएर चुनावमा जानुपर्ने धारण

माओवादी केन्द्रले आज पदाधिकारी टुंग्याउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आज बिहीबार पार्टी पदाधिकारीको टुंगो लगाउने भएको छ । पार्टी कार्यालय पेरिस डाँडामा बुधबार बसेको स्थायी कमिटीको बैठकमा पदाधिकारीको बारेमा छलफल भएको थियो । बुधबार छलफल निष्कर्षमा पुग्न समय अभाव भएकोले बिहीबार बस्ने बैठकले पदाधिकारीको टुंगो लगाउने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । बिहीबार उक्त विषय टुंग्याउने जानकारी […]

माओवादी केन्द्रले आज पदाधिकारीको टुंगो लगाउँदै

काठमाडौं, भदौ २ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले महाधिवेशन सम्पन्न गरेको सात महिनापछि पदाधिकारी टुंगो लगाउने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशन सम्पन्न भएपछि पटकपटक पदाधिकारी टुंगो लगाउने तयारी गरे पनि सफल हुन सकेनन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी समिति बैठकमा पदाधिकारीसहित रिक्त स्थानमा पदपूर्ति गर्नुपर्ने माग नेताहरूले […]

माओवादीले गण्डकीमा बनायो ११ सदस्यीय निर्वाचन पदाधिकारी

नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिले निर्वाचनबाट पदाधिकारी छानेको छ। बुधबार भएको निर्वाचनबाट तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्ष निर्वाचित भएका हुन्। प्रदेश अध्यक्षमा यसअघि नै गायत्री गुरूङ...

पूर्व स्थायी समितिबाट काम चलाउँदै माओवादी केन्द्र

काठमाडौं, माघ १०। नेकपा (माओवादी केन्द्र)को महाधिवेशनपछि पदाधिकारी चयन हुन नसक्दा पूर्व स्थायी समिति सदस्यको बैठकबाट काम चलाउन थालिएको छ। पार्टीका लागि आवश्यक निर्णय गर्नुपर्ने भएपछि पूर्व स्थायी समिति सदस्यको बैठक राखेर काम चलाउन थालिएको हो। माओवादी केन्द्रले शनिबार आयोजना गरेको एउटा बैठकमा पूर्व स्थायी समितिका सदस्यमात्रै सहभागी थिए। पार्टी विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, […]

माओवादी केन्द्र पुनः बहुपदीय प्रणालीमा फर्कने

काठमाडौँ – नेकपा माओवादी केन्द्रले पुनः बहुपदीय प्रणालीमा फर्कने भएको छ। पुस ११–१३ गते काठमाडौँमा हुने प्रथम राष्ट्रिय सम्मेलनमार्फत माओवादी केन्द्र बहुपदीय प्रणालीमा पुनः फर्कन लागेको हो। देवप्रसाद गुरुङको संयोजकत्वमा रहेको अन्तरिम विधान संशोधन उपसमितिले १५ पदाधिकारीको संख्याको सिफारिस गरेको हो। उक्त समितिले अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षसहित १५ जना पदाधिकारी रहने गरी […]

प्रदेश २ मा माओवादी केन्द्रले तोक्यो जिल्ला संयोजक (सूचीसहित)

नेकपा माओवादी केन्द्रले प्रदेश २ को पार्टी जिल्ला समन्वय समितिको संयोजक र केही जिल्लामा सह इन्चार्ज तोकिएको छ ।  माओवादी केन्द्र प्रदेश २ समितिको पदाधिकारी बैठकले प्रदेशमा रहेको आठवटै जिल्लाको संयोजक तथा दुईवटा जिल्लाको सह इन्चार्ज तोकेको हो ।धनुषाको प्रदेश पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सप्तरीको संयोजकमा उमेश कुमार यादव, सिरहाको संयोजकमा रामकुमार यादव, धनुषाको संयोजकमा दीपक यादव, महोत्तरीको संयोजकमा तुलसी ढुंगाना, सर्लाहीको संयोजकमा कमल बुढाथोकी, रौतहटको संयोजकमा देवेन्द्र पटेल,

माओवादी केन्द्रले तोक्यो जिल्ला इन्चार्ज

नेकपा (माओवादी केन्द्र)ले विभिन्न प्रदेशका रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको छ।