नेकपा माओवादी केन्द्र सुदूरपश्चिमको प्रदेश सम्मेलन सम्पन्न भएको महिनादिन पुग्नै लागेको छ तर प्रदेश समिति सदस्यबाहेक हालसम्म पदाधिकारी चयन भएका छैनन् ।
माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशको सम्मेलन मंसिर २५ र २६ गते तोकेको थियो तर सम्मेलन निर्धारित अवधिभन्दा पछाडि धकेलियो ।
प्रतिनिधि छनोट, प्रदेश समितिको प्यानल मिलानलगायत झमेलाका कारण थप २ दिनसम्म सम्मेलन पछाडि धकेलियो । सो अवधिमा २२३ जना सदस्य मात्रै छनोट गर्दै सम्मेलन समापन गरियो ।
अझै २२३ जना सदस्य मध्येबाटै अध्यक्षसहित ९ जना पदाधिकारी छनोट गर्न बाँकी छ । हा...