कञ्चनपुरमा यसवर्ष धान उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादकत्व १ दशमलव ३७ ले बढेको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी हरिदत्त जोशीले यसवर्ष कञ्चनपुरमा धान उत्पादन प्रति हेक्टर ३ दशमलव ९२ प्रति हेक्टर छ । “गतवर्ष बेमौसमी वर्षाका कारण किसानको धान उत्पादनमा क्षति पुगेको थियो”, उनले भने– “तर यसवर्ष धानको उन्नत जातका बीउको प्रयोग र नियमित वर्षाका कारण धान उत्पादन बढेको हो ।&rdqu